नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक साउन ६ गते सम्मका लागि स्थगित गरिएको हो । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बैठक साउन ६ गते ११ बजे सम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । नेकपामा आन्तरिक विवाद जारी छ । गत असार १० देखि जारी स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । तर ओलीले राजीनामा नदिने अडान लिँदै आएका छन् । दुई पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १८ गतेदेखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । आज सहित १८ गतेपछि मात्र ६ पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *