पहिरोमा पुरिएर काठमाडौैँमा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक युवकको मृत्यु भएको छ । अइतबार साँझ गएको पहिरोमा पुरिएर कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदिका २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो जाँदा पुरिएर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाका विभिन्न स्थानमा पहिरो गएको नगरप्रमुख कृष्णहरी थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *