सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ । यातायात व्यवसायीहरुले सोमबार आजदेखि सार्वजनिक बस सञ्चालन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ अन्तर्गत सञ्चालित १ सय ७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए । हिजो परीक्षण सञ्चालन गरिएको र आजदेखि सरकारले तोके बमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकारीले बताए । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरी ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था सरकारले गरेको छ । सोमबार बिहानैदेखि बस सञ्चालन भइरहेपनि यात्रुको उपस्थिति भने अत्यन्त कम रहेको बताइएको छ । काठमाडौंमा साझा, मयुर, सुन्दर, संयुक्त लगायतका कम्पनीले भने यसअघि नै बस सञ्चालन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *