टिचिङ अस्पतालमा कोरोना संक्रमित चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया चिनियाँ महिलाको बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी चिनियाँ महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शिक्षण अस्पताल कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए । ती महिलालाई ग्रान्डी अस्पतालबाट रिफर गरेको थियो । ग्रान्डीमा उपचारका लागि भर्ना हुँदा ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र व्यवस्थापनका लागि चिनियाँ दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *