स्वास्थ्यसम्बन्धीका नियम पालना गरौंः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी नियमहरूको अनिवार्य पालना गर्न आग्रह गरेकी छन् । बुधबार ट्वीट गर्दै उनले लकडाउन हटे पनि कोरोना महामारीको जोखिम टरिनसकेकाले सचेत रहन आग्रह गरेकी हुन् ।

जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको भन्दै उनले कोरोना महामारीको जोखिम भने कायम रहेको बताएकी छन् ।

सरकारले मंगलवार केही प्रतिबन्ध कायमै राखेर लकडाउन अन्त्य गरेको घोषणा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *