ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको होः प्रचण्ड

काठमाडौैँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले नामक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको बताएका हुन् । पार्टीको बैठक जारी रहेको बेला प्रचण्डले केही कार्यकर्तालाई आन्दोलनमा उतारेर ओलीले जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *