पूर्व डीआईजी रञ्जन कोइराला प्रकरणमा सांसदहरुको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्यामा सजाय पाएर जेलमा रहेका पूर्व डीआईजी रञ्जन कोइरालालाई रिहा गरेको विषयमा प्रदेश नंवर १ को संसदमा गम्भीर प्रश्न उठेको छ । संसदको शुक्रबारको बैठकमा सहभागी सांसदहरुले पत्नी हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नू भन्ने तल्लो अदालतको निर्णयलाई उल्ट्याएर छुट्कारा दिलाउने सर्वोच्च निर्णयले जनमानसमा अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको बताएका छन् । नेकपाकी सांसद अम्बिका थापाले न्यायको तराजु समाएर बस्ने न्यायमूर्तिहरू दिनदहाडै मारिने महिलाका लागि न्याय खोज्न अब कहाँ जाने भन्दै प्रश्न गरेकी छन् । नेकपाकी कै सांसद कुसुमकुमारी श्रेष्ठले आठ वर्षमै जेलमुक्त गर्ने सर्वोचको फैसला आपत्तिजनक बताईन्। नेपाली कांग्रेस सांसद लीला सुब्बाले आठ वर्ष जेल बसेर मुक्त गराइएको घटना नेपाली महिला दिदीबहिनीमा थप अन्याय भएको दाबी गरेकी छन् ।  यस्ता अपराधीले अझै पनि घटना घटाउन सक्ने भन्दै सुब्बाले सरकारले ध्यानाकर्षण गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *