२१० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज

काठमाडौँ । नेपालमा बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६, काठमाडौं र महोत्तरी १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा बाग्लुङ र धादिङका ७र७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका छन् । हाल सम्म १४ हजार २१ जना निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *