लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलाशले ुनाई संघुका गजेन्द्र ठाकुरले दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी गरेको हो । ठाकुरले असार २१ गते लकडाउनको अवधिको भाडा नउठाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय , ७ प्रदेशकै मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाई गर्दै आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *