कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबार थप ३ सय १५ जनामा संक्रमण देखिएसँगैै संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै, शनिबार थप ९३ डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन् । डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *