२५९ कोरोना संक्रमित थपिए, ६५ डिस्चार्ज

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार मंगलबार काठमाडौंमा ४८, ललितपुरमा १ र भक्तपुरमा १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ पुगेको छ। म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन् । संक्रमणबाट नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *