३६० कोरोना संक्रमित थपिए, मृतकको संख्या ६५ पुग्यो

काठमाडौँ । नेपालमा बिहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिगंमा प्रवक्ता जागेश्वर गौतमले ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित थपिएको जानकारी दिए । संक्रमित मध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले बताए ।  यो सँगै संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । हाल ६ हजार २९६ सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *