देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा ७ हजार ९ सय २६ जनाको पिसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जनाकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । गौतमका अनुसार, काठमाडौं उपत्यकाको तीन जिल्लामा १०६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा एकैदिन सयभन्दा बढी संक्रमित देखिएको यो पहिलो पटक हो । यस्तै, शुक्रबार थप ४२५ जना कोरोना भाइरस संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *