काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहना पोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलका आठ जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कन्ट्रयाक ट्रेसिङका आधारमा प्रहरीका परिवारमा गरिएको परिक्षणमा थप चार जनामा कोरोना देखिएको थियो । संक्रमित फेला परेपछि प्रारम्भिक चरणमा टोल सिल गरिएको र थप बैठक बसेर निर्णय गरिने वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *