३७८ संक्रमित थपिए, ४९९ डिस्चार्ज, तीन जनाको मृत्यु

काठमाडौँ । नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ७८८ पिसिआर परीक्षण गर्दा ३७८ जना संक्रमित थपिएका हुन् । जसमध्ये ललितपुरमा ३ जना, भक्तपुरमा ३ र काठमाडौंमा ५६ रहेका छन् । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६ हजार २०६ जना आइसोलेशनमा रहेको बताए । देशरभ क्वारेन्टिनमा रहेकाको सङ्ख्या १० हजार ७९२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन् । यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । ३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *