थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ८ हजार ५ सय १५ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसँगै कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएका छन् । यस्तै थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको प्रवक्ता गौतमले जानकारी बताए । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको मिति २०७७ साल साउन २४ गते राती ११ः३५ वजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो । मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइ। सि। यु। मा भर्ना भई उपचाररत थिए । त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको मिति २०७७ साउन २४ गते विहान १स्३० बजे दुखद निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *