३३८ कोरोना संक्रमित थपिए, मृतकको सङ्ख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा ८ हजार ४३२ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो सँगै संक्रमितको संखया २३ हजार ३१० पुगेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर १४० जना घर फर्किएका छन् । हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । मुलुकभर हाल १० हजार ७५९ जना क्वारेन्टाइनमा रहेका छन् । ६ हजार ७३८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *