६३८ संक्रमित थपिए, १ सय ७१ डिस्चार्ज

काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको बताए । योसँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । यस्तै थप १ सय ७१ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन् । हाल सम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *