कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । मंगलबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका छन् । डा गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार धनुषाका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट साउन २६ गते राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । त्यस्तै धनुषाकै क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने ५० वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट साउन २५ गते मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साउन २२ गते त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *