न्युरोडका ब्यापारी र समितिका सदस्यबीच विवाद

काठमाडौँ। कोरोना महामारीलाई दृष्टिगत गर्दै सरकारले उपत्यकामा दुई हप्ताको लागि सटडाउन गर्ने निर्णय गर्यो। तर, उपत्यकामा ब्यापारीहरुले सरकारको आदेशलाई अवज्ञा गर्दै पसलहरु सञ्चालन गरिरहेका छन्।

राजधानीको न्युरोडमा मंगलबार काठमाडौँ महानगरपालिका-२२ को ब्यापार संघका प्रतिनिधि र स्थानीय क्लवहरुबी बुधबारबाट पसलहरु बन्द गर्ने सहमति भएको थियो। तर, सहमति विपरित ब्यापारीहरुले पसल बन्द नगरेपछि तनाव सिर्जना भएको छ।

शनिबार डटकमका सञ्चालक आरएन लामिछानेका अनुसार न्युरोड ब्यवस्थापन समितिका सहदस्यहरुले पसल बन्द गराउँन खोज्दा तनाव सिर्जना भएको हो। पसल ब्यापारीहरुले पसल गर्दा घरभाडा कसरी तिर्ने ? र के खाने भन्दै प्रतिप्रश्न गरेका छन्।

तस्बिर: आरएन लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *