कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेका छन् । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया महिलाको बुधबार किष्ट मेडिलकल कलेज शिक्षण अस्तपालमा मृत्यु भएको छ । धादिङका ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा मृत्यु भएको छ । धनुषाको जनपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । धनषाकै जनकपुर उपमहानपालिका ८ का ३८ वर्षीया महिलाको बुधबार ललितपुरको पाटन अस्तपतालमा मृत्यु भएको छ । सप्तरीको राजविराज ६ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । मोरङ बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । कपिलवस्तु कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबार बुटवल कोभिड १९ विशेष अस्पतालमा मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २७ गते किष्ट डिलकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै उच्च कोरोना संक्रमित भेटिएका छन् । डा. गौतमले काठमाडौं उपत्यकामा बुधबार १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । बुधबार १० हजार ४ सय ८१ जनामा पीसीआर परिक्षण गर्दा काठमाडौंमा १०९, ललितपुरमा २१ र भक्तपुरमा ८ सहित दशैभर ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । थप ६४ जना कोरोना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *