त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । अस्पतालमा  कार्यरत दुई चिकित्सक र चार स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा बन्द गरिएको त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा.सन्तकुमार दासले जानकारी दिए । इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएपछि सूचना निकालेर अस्पतालको आकस्मिक सेवा बन्द गरिएको डा. दासले बताए । चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *