कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । कोरोना संक्रमणबाट बिहीबार थप चार जनाको मृत्यु भएसँगै मृतकको संख्या ९५ पुगेको मन्त्रलायका प्रवक्ता डा जागेश्व गौतमले जानकारी दिए । महोत्तरी मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषमा मृत्यु पछि कोरोना पुष्टि भएको छ । मधुमेह र क्षययरोगका बिरामी उनको साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको हो । यस्तै धनुषाको मिथीला नगरपालिका वडा नं ७ का ८५ बर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बुधबार विपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अछामको रामारोसन गाउँपालिका वडा नं ५ का १८ बर्षिष पुरुषको हिजो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ । उनी मुटुरोगका बिरामी थिए । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको बुधबार कोसी अस्पतालमा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *