५२५ जना नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा बिहीबार थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ९ हजार ८ सय ५९ जनामा पीसीआर परिक्षण गर्दा काठमाडौमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ सहित देशभर ५ सय २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । यस्तै थप १०९ जना कोरोना भाइरस संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ । देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *