कुखुराको मासुमा पनि कोरोना भाइरस

काठमाडौं । कुखुराको मासुमा पनि कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन् । आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो । सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै नगरपालिकाले यसबारे जानकारी दिएको हो । हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन । विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ । यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ । साथै पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *