बुढानीलकण्ठ –१० मा ५ जना भन्दा बढी भेला हुन नपाइने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका –१० मा ५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ । वडामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्याडबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमति चोक र फ्रेण्डसिप क्लब क्षेत्रमा ठेलागाडामा व्यापार, व्यवसाय, फुटपाथ व्यापार गर्न र भेला हुन निषेध गरिएको छ । बुढानीलकण्ठको वडा नं १० मा साउन २८ गते एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *