नेकपाभित्रको विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं । पार्टी भित्रको विवाद समाधानका गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । विवाद समाधानका लागी सुझाव पेश गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । सदस्य पम्पा भुसालले पार्टीका दुईजना अध्यक्षकै पहलमा कार्यदल गठन भएको बताइन् । कार्यदलले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरेकी छन् । कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखितरूपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसैको आधारमा दुवै अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्न सक्छन् । यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *