थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शुक्रवार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ११ हजार ५ सय ७५ परीक्षण गर्दा ५ सय ९४ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११९ जना संक्रमित थपिएका छन् । गौतमका अनुसार कठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । यस्तै थप २ सय ४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । हाल सम्म संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् । मृतकको संख्या भने ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *