४६८ कोरोना संक्रमित थपिए, मृतकको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उक्त संखयामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर १७ हजार २०१ जना निको भएका छन् । हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन्। देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । कपिलवस्तु, पर्सा र धनुषा जिल्ला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले पुष्टि गरे । योसँगै हाल सम्म १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *