सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । आइतबार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रवार छापावाल सुन प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आइतबार प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *