उपत्यकामा १७२ सहित ६४१ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ७२ सहित नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । । प्रवक्ता गौतमका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको हो । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । यस्तै थप १ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित उपचार पछि निको हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ । हाल निको हुनेको अनुपात ६५ प्रतिशत रहेको छ । देशभर ९ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् भने, १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा छन् । यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमले पर्साका १ पुरुष र मोरङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनको संख्या १०४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *