काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लागू हुने भएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेबाट भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताए । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *