उपत्यकामा एक हप्ता निषेधाज्ञा

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा लगाइएको छ । कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले बुधबारराति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । बुधबारदेखि एक हप्तासम्म औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी काठमाण्डौ प्रवेशमा समेत निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक गाडीसमेत सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *