विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउने संख्या ८ लाख २ हजार ३ सय ८४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ । यसैगरी विश्वभर १ करोड ५७ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *