गुल्मीमा एक साता लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गुल्मीमा एक साता लकडाउन गरिएको छ । शुक्रबार राति १२ बजेदेखि भदौ १२ सम्म लकडाउन गरिएको प्रशासनले जनाएको छ । भाइरसको जोखिमलाई कम गर्नका लागि एक साता लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । लकडाउनको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न, भीडभाड नगर्न, आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । तरकारी, दुग्धजन्य पदार्थहरुको पसल विहान र साँझ दुई पटक खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गुल्मीमा अहिलेसम्म ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६४ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *