सन्दीप सम्मिलित टोलीको लगातार दोस्रो हार

काठमाडौं । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति ट्रिनिडाडमा भएको खेलमा तलावास, गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो । टस जितेर फिल्डीङ रोजेको जमैकाले गुएनाले दिएको १ सय १९ रनको लक्ष्य पच्छ्याउन असफल भएको थियो । पुरै ओभर ब्याटिङ गर्दा जमैकाले ७ वीकेट गुमाएर १ सय ४ रन जोडेको हो । खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जमैकाबाट २ विकेट लिएका छन् । सन्दीपले ४ ओभर वलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । हारपछि २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *