महाराजगञ्‍ज वृत्तका एक थुनुवासहित पाँच प्रहरीमा कोरोना

काठमाडौं । काठमाडौंको महाराजगञ्‍जस्थित प्रहरी वृत्तमा थुनुवासहित ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३० गते राति एक होटलमा विवाद हुँदा छुरीले हानेर नुवाकोटका लक्ष्मण तामाङको हत्या गर्ने व्यक्तिलाई कोरोना पुष्टि भएको हो । उनीसँग सम्पर्कमा रहेका पाँचजना प्रहरीलाई पनि कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए । उनीहरुलाई शुक्रबार नै संक्रमण पुष्टि भएको हो। प्रहरीले ती व्यक्तिलाई साउन ३१ गते पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनको स्वास्थ्य जाँचसँगै कोरोना परीक्षणको लागि स्वाब दिएको थियो । स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । प्रहरीका अनुसार संक्रमित प्रहरीहरुको कन्टयाक्ट ट्रेसिङ सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *