उपत्यकामा खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहान ९ः१५ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाउने निर्णय गरेको हो । औषधि, पानी र स्वास्थ्य सामग्रीका पसल भने बन्द हुने छैन । माछामासु पसलका लागि पनि सोही समय तालिका तय गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *