स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने जनाएको छ । गृहले आइतबार एक विज्ञप्ति जारी गरी महामारीविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुर्व्यवहार भइरहेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता गतिविधीमा संलग्न हुनेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको जनाएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिरहेको समाचारहरु बाहिर आएपछि त्यस्ता गतिविधिको चर्को आलोचना भइरहेको छ । यसअघि, स्वास्थ्यकर्मी बसेका ठाउँमा कोरोना संक्रमण फैलने भन्दै राजधानीको बानेश्वरमा स्थानीयले प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *