कोरोना संक्रमणबाट काँग्रेस नेता रञ्जितको निधन

काठमाडौं । कोरोना संक्रमणबाट काँग्रेस नेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल जनाएको छ । १३ दिन अघिदेखि ज्वरो र खोकी लागेका रञ्जित आइतबारमात्र अस्पताल भर्ना भएका थिए । निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको थियो । रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन् । काँग्रेस काठमाडौं २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *