नेकपा सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको संवादमा आगामी भदौ १३ गते शनिवार सचिवालय बैठक बोलाउने सहमति भएको हो । पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाब दिन गठित कार्यदलको प्रतिवेदनमाथि आज दुई अध्यक्षबीच छलफल भएको थियो । दुई अध्यक्षको कार्यविभाजन समेटेर कार्यदलले तयार पारेको प्रतिवेदनमा सचिवालयमा छलफल आवश्यक रहेको भन्दै बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि भदौ १ गते बसेको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको थियो । कार्यदल अनुमोदन गर्दै बैठकमा कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमति बनेको थियो । सुरुमा ओली र दाहालले मात्र कार्यदल बनाएकोमा सचिवालयका सदस्यहरू असन्तुष्टी जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *