उपत्यकामा २३२ सहित ८५५ संक्रमित थपिए

काठमाडौं । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ११ हजार ३ सय २७ स्वाब संकलन गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन् । यस्तै मंगलबार थप ७ जनाको मृत्यु भएको छ । मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *