कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । संक्रमणबाट बिहीबार एकैदिन ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८३ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ महिला र ३ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको पुष्टि गरे । उनका अनुसार सङक्रमणबाट मृत्यु हुनेमा पर्सा, बारा, ललितपुर, काठमाडौँ, कास्की, रुपन्देही, कपिलबस्तु र बाँकेका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *