१ हजार १११ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा बिहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषसहित १ हजार १११ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौं उपत्यकामा मात्रै ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सहित निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ७३ छ । त्यसमध्ये ६ हजार दुई सय १० जना होम आइसोलेसन र ९ हजार ६३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *