उपत्यकामा ४१५ सहित ९२७ संक्रमित थपिए

काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशालामा १० हजार २२९ जनाको नमुना परिक्षण गर्दा ९२७ जनामा संक्रमण देखिएको जनाकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार, काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् । अहिले क्वारेन्टाइनमा ८ हजार ९४९ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *