सज्जा चौलागाईंले जितिन् नेपाल आइडल–३ को उपाधि

काठमाडौं ।  चर्चित टेलिभिजन सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–३’ को उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै मोरङकी सज्जाले उपाधि जितेको हुन् । नेपाल आइडल–३ को उपाधि जितेसँगै उनले रु ५० लाख नगद प्राप्त गरेकी छन् । आइडलको फस्र्ट रनरअप प्रविन बेडुवाल भएका छन् । उनले रु १० लाख प्राप्त गरेका छन् । त्यसैगरी सेकेण्ड रनरअप किरन कुमार भुजेल भएका छन् । उनले रु ५ लाख प्राप्त गरेका छन् । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् । पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *