थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा १८६ सहित नेपालमा शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ जनाको नमुना परिक्षण गर्दा ८ सय ८४ जनामा संक्रमण देखिएको जानकारी दिए । जसमध्ये काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । यस्तै १६ हजार ५ सय ७८ संक्रिय संक्रमित रहेका छन् । ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १ सय ४५ संस्थागत आइसोलेनसमा रहेका छन् । ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *