काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको प्रमुख शाक्यको सचिवालयले जनाएको छ । हाल प्रमुख शाक्य काठमाडौं महानगरपालिका वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उनकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *