पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट मृत्यु

काठमाडौं । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएका चालिसेको मगंलबार उपचारकै क्रममा मृत्यु भएको हो । उनका भाइ कृष्णराज चालिसेका अनुसार उनलाई लामो समयदेखि मुटुको समस्या थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए । उनी ७० वर्षका थिए । उनको शवलाई अब नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *