उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज मगंलबार बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने नबढाउने विषयमा साझा धारणा बनाउन बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । दिउँसो हुने भर्चुअल छलफलमा जारी निषेधाज्ञाबारे थप निर्णय हुनेछ । उपत्यकामा भदौ ४ गतेदेखि काठमाडौं निषेधाज्ञा जारी छ । दोस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा बनाउने तयारी भएको दाहालले बताए । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको राय मगंलबार नै गृह मन्त्रालयमा पठाइनेछ । गृहको सुझावपछि बुधबार पुनः बैठक बसेर थप निर्णय गरिने जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि दुई साताअघि निषेधाज्ञा जारी गरिएको थियो । अद्यपी निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज मगंलबार बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने नबढाउने विषयमा साझा धारणा बनाउन बैठक बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । दिउँसो हुने भर्चुअल छलफलमा जारी निषेधाज्ञाबारे थप निर्णय हुनेछ । उपत्यकामा भदौ ४ गतेदेखि काठमाडौं निषेधाज्ञा जारी छ । दोस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेर निषेधाज्ञाबारे साझा धारणा बनाउने तयारी भएको दाहालले बताए । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको राय मगंलबार नै गृह मन्त्रालयमा पठाइनेछ । गृहको सुझावपछि बुधबार पुनः बैठक बसेर थप निर्णय गरिने जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि दुई साताअघि निषेधाज्ञा जारी गरिएको थियो । अद्यपी निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *